२०७६-१-७ , शनिबार


छैटौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन बेलायतमा हुने


काठमाडौं, २८ माघ : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आगामी साउन १८ देखि २० गतेसम्म छैटौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन बेलायतमा आयोजना गर्ने भएको छ । 

 

अनेसासका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । सम्मेलनको सम्पूर्ण तयारी अनेसास बेलायत शाखाले गर्ने जिम्मेवारी लिएको छ । बेलायतले यसअघि पनि दोस्रो सम्मेलन सम्पन्न गरिसकेको छ । अनेसास बेलायतका अध्यक्ष सुमलकुमार गुरुङको संयोजकत्वमा सम्मेलन तयारी शुरु भएको छ । 

 

सबै महादेशका प्रतिनिधिको सहभागिता रहने सम्मेलनमा विभिन्न कार्यपत्र प्रस्तुत हुनेछन् भने केही विषयमा समूहगत छलफल हुनेछन् । विश्व काव्य गोष्ठी, पुस्तक र चित्र प्रदर्शनी, सांस्कृतिक कार्यक्रम,स्मारिका प्रकाशनलगायत कार्यक्रम आयोजना भई बेलायत घोषणापत्र पनि जारी गरिने बताइएको छ । 

 

अनेसासले यसअघि क्रमशः न्यूयोर्क, बेलायत, वासिङ्टन डिसी, जापान र अष्ट्रेलियामा गरी ५ सम्मेलन सम्पन्न गरिसकेको छ । (रासस)


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal