२०७६-१-७ , शनिबार


बिरामीको चाप बढेपनि मानसिक रोग विशेषज्ञ अपुग


ललितपुर, २८ माघ :  बिरामीको चाप बढ्दो भए पनि लगनखेलस्थित मानसिक अस्पतालमा ‘कन्सल्टेन्ट साइक्याट्रिस्ट’ (मानसिक रोग विशेषज्ञ) अपुग भएको छ । 

 

एकातिर बिरामीको चापअनुसार दरबन्दी अपर्याप्त भएको र त्यसमा पनि दरबन्दीभन्दा ३ जना कम कार्यरत हुँदा यहाँ जनशक्तिको अभाव भएको हो । मानसिक स्वास्थ्यको केन्द्रीय अस्पताल भए पनि यहाँ जम्मा ८ जना मात्रै मानसिक रोग विशेषज्ञको दरबन्दी रहेको अस्पतालका प्रवक्ता (प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट) अनन्त अधिकारीले बताए ।  

 

अस्पतालमा व्यवस्थापनको जिम्मेवारी पाएका निर्देशक (मानसिक रोग विशेषज्ञ) १, प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट २ र वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिस्ट सहित ६ जनाको दरबन्दी छ । अस्पतालमा बहिरङ्ग र अन्तरङ्ग विभाग दुवैतिर आउने बिरामी बढिरहे पनि त्यसको अनुपातमा मानसिक रोग विशेषज्ञको दरबन्दी नबढेको हो । अहिले बहिरङ्ग विभागमा १  जना विशेषज्ञले ५० जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ ।

 

मानसिक स्वास्थ्यप्रति नागरिकमा सचेतना बढ्दै जाँदा अस्पतालमा आउने बिरामीको सङ्ख्या बढिरहेको अस्पतालले बताएको छ । अस्पतालमा देशभरका धेरै स्वास्थ्य संस्थाबाट समेत बिरामी सिफारिस  भएर आउने गरेको अधिकारीले बताए । अर्कातिर यहाँ ११ जना आवासीय चिकित्सक कार्यरत रहेको अस्पतालले बताएको छ । 

 

उनीहरुलाई सिकाउनुपर्ने समेत जिम्मेवारी पनि रहेको यहाँ कार्यरत एक मानसिक रोग विशेषज्ञले बताए । उनले भने, “एकातिर आवासीय चिकित्सकले हामीलाई केही सहयोग हुन्छ भने अर्कातिर हामीले उहाँहरुलाई सिकाउने जिम्मेवारी पनि हुन्छ ।” अस्पतालमा ३० शैया सधैँ भरिने गरेको छ । अस्पतालको बहिरङ्ग विभागमा दैनिक १ सय ५० देखि २ सयसम्म बिरामी नियमित जाँचका लागि आउने गरेका छन् । (रासस)


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal