२०७६-१-७ , शनिबार


नेपाली सेनाका पाँच जर्नेलहरुको बढुवा 

साँघुन्यूज डटकम सम्बाददाता

काठमाडौं । नेपाली सेनामा रिक्त रहेको  पाँच  उपरथीको पदपूर्ति बल्ल भएको खबर छ । यसभन्दा अगाडि सहायक रथीबाट उपरथीमा बढुवाका निम्ति बढुवा सिफारिस समितिले सिफारिस गरेका ५ जना उपरथीहरूको नामप्रति आपत्ति भए दाबी विरोध गर्न समितिले १५ दिने सूचना जारी गरेको थियो । 


सो  सूचनाका आधारमा आफू पनि सहायक रथीमा बढुवा हुनुपर्ने दाबी गर्दै सहायक रथी संजय सिंह भण्डारीले उजुरी गरेपछि उनको दाबीप्रति सेनाले छानबिन गर्नुपर्ने भएका कारणले गर्दा केहीदिन पाँच  उपरथीको बढुवा प्रक्रिया रोकिन पुगेको थियो । तर, बढुवा सिफारिस समितिले सहायक रथीबाट उपरथीमा बढुवाका निम्ति भण्डारीको दाबी नपुग्ने ठहर/निर्णय सैनिक नियम अनुसार, सैनिक सचिवालयले गरेपछि बढुवा प्रक्रिया अघि बढेको थियो।  

 

नेपाली सेनामा रिक्त रहेका  पाँच  उपरथीहरुको बढुवाको सिफारिस रक्षामा पुगेपछि  प्रक्रिया अगाडि बढेर मन्त्रिपरिषदमा पुगेको थियो। २०७५ माघ २५ गते बसेको मन्त्रिपरिषद बैठकले बढुवा प्रस्ताव स्वीकृत गरेर रक्षा मन्त्रालयमा पठाएको खबर छ ।


उपरथी पदमा बढुवा हुने सहायक रथीहरूमा सर्वश्री बालकृष्ण कार्की, सरोज प्रताप राणा, अनन्त कार्की, सिताराम खड्का र ताराध्वज पाण्डे रहेका छन् ।  
 
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal