२०७६-१-५ , बिहीबार


कटुवाल प्रथा : सार्वजनिक सूचनाका लागि भरपर्दाे माध्यम


बागलुङ, २५ माघ : अहिलेको युग सञ्चार र प्रविधिको हो तर सञ्चार र प्रविधिको अहिलेको युगमा पनि परम्परागत कटुवाल प्रथा कायम छ । गाउँघरमा सार्वजनिक सूचना पाउने भरपर्दो माध्यमका रुपमा यसलाई लिइन्छ । 

 

गलकोट नगरपालिका–७ मल्मका भक्तबहादुर विक विगत ४  वर्षदेखि कटुवालको भूमिकामा छन् । कटुवालको कामलाई  'हाँको हाल्ने’ भनेर समेत बुझिन्छ । पहिले अग्ला डाँडामा पुगेर चर्को आवाज निकालेर खबर वा सूचना दिने भन्ने चलन थियो । अहिले भने कटुवालले हाते माइकको साहारा लिन थालेका छन् । गाउँ भेला, सार्वजनिक कार्यक्रम, पूजाआजा, बनमा घाँसदाउरा फुक्दा सूचना पुर्याउने काम कटुवालको हो । “वर्षमा १५/२० पटक सूचना भन्ने काम पर्छ”, ५० वर्षीय विकले भने ।  

 

मल्म गाउँको माथिल्लो भेग टोक्री, झिर्कासम्मै पुगेर उनले सूचना सूचना प्रवाह गर्ने गरेका छन् । यसअघि कटुवाल रहेका  शेरबहादुर विकको निधन भएपछि गाउँलेले सोको जिम्मा भक्तबहादुरलाई दिएका थिए । “समुदायले अनुरोध गरेपछि मैले सहयोग गरेको हुँ”, उनले भने, “यो पेशाबाट जीविकोपार्जनमा पनि केही टेवा पुगेको छ ।” उनले सूचना वाहकको काम गरेबापत गाउँका प्रत्येक घरबाट वार्षिक १ पाथी अन्न लिने गरेका छन् । 

 

मल्ममा सूचनाका अन्य माध्यमको पहुँच नभएको भने होइन । 'हाँको’ हाल्दा धेरै जनामा एकसाथ सूचना पुग्ने हुँदा गाउँमा यसको प्रभावकारिता देखिएको हो । कटुवालको आयआर्जनसँग पनि यो पेशा जोडिएको छ । गाउँ, टोलमा खबर पुर्याउन यसबाट सुलभ र छरितोसमेत हुने गरेको कार्यवाहक वडाध्यक्ष लोकबहादुर थापाले बताए ।  “पुरानो चलन भए पनि यसको प्रभावकारिता भने अझै छ”, उनले भने ।  

 

वडा कार्यालयले पनि सुविधा र पारिश्रमिक थप्न पहल गरिरहेको छ । अन्नको सट्टा नगद पारिश्रमिक दिइनुपर्ने कटुवालको माग छ । कटुवाललाई प्रथा नभएर पेशा बनाउनुपर्ने पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषले बताए ।  

 

मल्मसँगै जिल्लाका अन्य ग्रामीण भेगमा पनि यो प्रथा जीवित छ । नेपालमा भुरेटाकुरे राज्यको पालादेखि कटुवाल प्रथा शुरु भएको मानिन्छ । (रासस)


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal