२०७५-११-५ , आइतबार


ल्होसार पर्वमा दलाई लामाको राजनीति !

यही माघ शुक्ल प्रतिपदाका दिन चिनियाँ चन्द्र पात्रोको नयाँबर्ष प्रारम्भ हुन्छ भन्ने गरिन्छ । यो बर्षको चिन्हको गणना पद्धति करीब पाँच हजार बर्ष पहिलेदेखि नै शुरु भएको हो जुन बेला अक्षरको निर्माण नै भएको थिएन । सूर्य पञ्चाड्डभन्दा पुरानो ज्योतिष परम्परा जसलाई तत्व ज्योतिष शास्त्र भन्ने गरिएको छ । त्यो पद्धतिको १२ बर्षे बर्षचक्रको आधारमा १२ वटा जन्तुहरूको नाममा गणना गर्ने प्रचलन मंगोल–तिब्बतलगायतका हिमाली क्षेत्रहरू र दक्षिण पूर्वी एसियाका सबै मुलुकमा प्रचलित रहेको छ । 

Image result for dalai lama


 नेपालको हिमाली तथा पहाडी क्षेत्रमा बसोबास गर्ने भोटिया, शेर्पा, तामाङ, थकाली, थारु र गुरुङ जातीले पनि चिनियाँ तत्व ज्योतिष शास्त्रकै मान्यता अनुृसार बर्ष गणना गर्ने गर्छन् । तर, नयाँ बर्ष भने(ल्होसार) भिन्न–भिन्नै तिथिमितिमा मनाउने गरेका छन् । उदाहरणका लागि गुरु¨ समुदायले पौष  १५ गते, तामाङले माघ शुक्ल प्रतिपदामा तिब्बती र मंगोलियनहरूले फाल्गुन शुक्ल प्रतिपदामा मान्ने प्रचलन छ । चिनिया ज्योतिष पद्धतिले बसन्त आगमनलाई नयाँ बर्षारम्भ ठह¥याई बर्ष शीर्षको रुपमा माघ महिनालाई मानेको देखिन्छ । अन्यहरूले राजनैतिक परिघटना र धार्मिक पुण्य तिथिलाई समातेर सम्वत्को रुपमा आफ्नै खालको नयाँ बर्ष(ल्होसार) मनाउन थालेको पाइन्छ । 

 


 त्यो पछिल्लो समयको हेरफेर हो । तर कुनै संवतसँग जोडेर नयाँ बर्ष माने गर्दा पनि वास्तविक बाह्रबर्षे बर्षचक्रको फेराई चाहिं ज्योतिषीहरूले हेरफेर गर्दा भने माघ शुक्लप्रतिपदाको तिथिलाई नै मान्दछन् । त्यो चिनियाँ चन्द्र पात्रको मान्यता हो । तर, पाँचौ दलाई लामा(१६१७–१६१८) ले सन् १६४२ मा तिब्ब्तको सत्ता हातलिएपछि चिनियाँ परम्पराको ल्होसार(नयाँ बर्ष) रद्द गरी फागुन प्रतिपदाको दिन मान्ने परम्परा बसालेका हुन् । 

 


 यस अघि मंगोलियामा सन् १२०६ मा चंगेज खानका आह्वानमा मंगोलको ओनान नदी तटमा मंगोल जातीहरूको स्थानीय युद्ध सरदारहरूको महा खुराल(महासभा) बसेर चंगेज खानलाई सम्राट उपाधि दिलाएर मंगोल एकीकरण हुन्छ । त्यही राजनैतिक घटनालाई केन्द्रमा राखी फाल्गुन प्रतिपदामा मंगोलियनहरूले नयाँ वर्ष मनाउने भए । त्यसकारण तिब्बतीहरूले पनि मंगोलको प्रभावमा परि आफ्नो पात्रोको महिनालाई ‘होर धावा’(मंगोल महिना) भनि उल्लेख गर्ने गरे । पाँचौं दलाई लामाले तत्कालीन तिब्बतका शासक देवा चा¨पाको सत्ता उल्टाउन विदेशी मंगोल सेनाले निर्णायक भूमिका खेलेका थिए । उनीहरूले तिब्बतीमाथिको चढाई क्रममा दलाई लामाका गोलुक्पा सम्प्रदायको एकतर्फी पक्ष लिएर काग्युदपा र ञि¨मापा सम्प्रदायका सबै मठ–मन्दिर, घ्या¨–गुम्बाहरू लुटपाट गर्दै प्रमुख लामाहरू र तिब्बती आम जनताको कत्लेआम गरेका थिए । तिब्बतको इतिहासमा त्यो ठूलो नरसंहार थियो । 

 


चिनियाँहरूले आफ्नो बर्षलाई ‘आकाश बर्ष’ भन्ने गर्छन् । त्यो मूलरुपमा चन्द्रमालगायत अन्य ग्रह र नक्षत्रको गति अनुसार बार, तिथि, महिना, बर्ष, बर्षचक्र र संवत सर(६० बर्ष) चक्र निर्धारण गर्ने हुँदा भन्ने गरेतापनि फलित ज्योतिषमा भने तत्वहरू अग्नि, जल, भूतत्व, फलाम, धातु र वृक्ष(वनस्पति) समेत पाँच प्रकारका तत्वहरूको आधारमा व्याख्या गरेर बताउने गर्छन् । त्यस्तै बर्ष चिन्हहरूले दिशा–कोणको आधारमा पनि दशा खड्कको पहिचान गर्ने गर्छन् । चिनियाँ तत्व ज्योतिष धेरै प्राचीन पद्धति भएकाले त्यसमा कालखण्डहरूबीच ज्योतिष शास्त्रीहरूले आंशिक सुधार पनि गरेका छन् । चीनको तिब्बत स्वशाषित क्षेत्रमा भने चिनियाँ पद्धति तत्व ज्योतिष र भारतीय नक्षत्र ज्योतिष दुवैको सम्मिश्रण गरी नयाँ पद्धतिको पनि विकास गर्ने प्रयास भएको पाइन्छ । यद्यपि त्यो व्यवहारमा लागू हुन् सकेनन् । 

 


एउटै खाले ज्योतिषीय परम्परालाई मान्ने गरेतापनि नयाँ बर्ष(ल्होसार) बारेमा नेपाली बौद्ध जनजातीहरूबीच मतऐक्य हुन नसक्दा तीन प्रकारको ल्होछारहरू सोनाम, तोइला र ग्याल्पो ल्हेसार भनि वर्गीकरण गर्ने गरेका छन् । वास्तवमा उक्त नामहरू ज्योतिष शास्त्रमा उल्लेख छैनन् । त्यो हिमाली क्षेत्रका समाजले लोकभाषामा राखेका नामहरू हुन् । हिउँद र बर्षा दुई भागको हिउँद महिनाहरू वर्ग कात्तिक, मंसिर, पुस र माघ र फाल्गुनलाई बर्ष शीर्षरुपमा व्याख्या गर्ने गरेका देखिन्छ ।

 

तर बौद्धतन्त्र मध्ये कालचक्रतन्त्रको ज्योतिष सिद्धान्तमा बैशाखलाई नै वर्ष शीर्ष  मान्ने गर्छन् । अर्काे बौद्धतन्त्र डांकिनी सागर तन्त्रले भने माघलाई बर्ष शीर्षको मान्यता दिन्छ । यस प्रकार विविधता भारतीय ज्योतिष शास्त्रमा पनि नपाइने होइन । अहिले राजा विक्रमादित्यले लागू गरेको भनिएको सूर्यपंचागले पनि बैशाखलाई नै बर्षशीर्ष मान्ने गरेको छ । त्यो सूर्य र राशीबीचको सम्बन्धलाई आधार मानि महिनाहरू निर्धारण गर्ने गरिन्छ । चन्द्र पञ्चा¨ले भने चन्द्रमा र नक्ष्ँत्रहरूको संयोगलाई आधार मानि महिनाहरूको नाम दिने गरेको पाइन्छ । त्यसैले गर्दा गते र तिथिहरू छुट्टाछुट्टै गणना हुने गर्छ । नेपाली सरकारी लेखौटमा निकै पहिलेदेखिनै सूर्य पञ्चा¨को गतेलाई मान्यता दिदैं आएको छ । 

 


नेपालका जनजाती मध्येकाले नयाँ वर्ष(ल्होछार) बारे साझा मान्यता कायम गर्न असफल भएका छन् । त्यो हुनुमा ‘फ्री तिब्बत’ अभियानसँग संलग्न जातीय तथा बौद्ध धर्मको आवरणमा खोलिएका संघ÷संस्थाहरूको भूमिका पनि रहने गरेको देखिन्छ । फ्री तिब्बतवालाहरूले उत्तर हिमाली क्षेत्र र मध्ये पहाडी क्षेत्रका बौद्धमार्गीहरूलाई तिब्बतीकरण गर्नेगरी सांस्कृतिक तथा धार्मिक हस्तक्षेप भित्रभित्रैबाट बढाउँदै ल्याएका छन् । त्यसले नेपाली बौद्ध मार्गीहरूको मौलिक संस्कृति विस्थापित गर्दै लग्ने गरेको छ । दलाई लामाको धर्मशाला(हिमाञ्चल प्रदेश, भारत)को राजनैतिक उद्देश्य नेपालका बौद्ध मार्गीहरूलाई चीन विरोधी ‘फ्री तिब्बती’ अभियानमा प्रत्यक्ष संलग्न गराउनु रहेको प्रष्ट छ ।

 

त्यसका लागि तिनले आफ्ना एजेण्डाहरू सञ्चालन गर्दै आएका छन् । उनीहरूले बौद्ध धर्मको प्रवचन र गोष्ठीहरूको नाममा दलाई लामाका भनाइहरूलाई प्राथमिकता दिन गरेका र उनका तस्विरलाई पनि प्राथमिकताका साथ टाँगेर प्रचारप्रसार गर्ने गर्छन् । त्यस्तै ‘फ्री तिब्बत’ सम्बन्धित लकेट, पुस्तक–पुस्तिकाहरू वितरण गर्दै आएका छन् । त्यही पक्षले तामाङहरूको ल्होछार(नयाँ बर्ष) तिब्बती ल्होछार फागुन प्रतिपदामा मनाउनपर्छ भनि जोड दिने गरेका छन् । जसले गर्दा तामाङ ‘ल्होछार’ अर्थहीन हुन पुगेको छ । 

 


दुइसयभन्दा बढी नै जाजातीहरूको बसोबास भएको नेपालमा एउटै जातीको दुईचारवटा पर्वलाई ‘राष्ट्रिय दिवस’को मान्यता दिने हो भने बर्षभरि विदा नै विदा पर्ने अवस्था छ । यो विल्कुलै अव्यवहारिक ठहरीसकेको छ । स्थानीय तह जहाँ आधाभन्दा बढी जनसंख्या सम्बन्धित जातीको रहेको छ । त्यहाँ विद्यालय तथा गैरसरकारी संस्थाहरूले विदा मनाउन खासै फरक पर्दैन । सरकारी कामकाजमा भने असर पर्ने गरेर विदा घोषणा गर्न नहुने देखिन्छ । यो बर्ष बराह(संगुर) वर्ष हो । 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal