२०७५-११-५ , आइतबार


सेनाको हौसला बढाउन प्रधानमन्त्री छाउनी अस्पतालमा

काठमाडौँ, २३ माघ   : नेपाली सेनाले सञ्चालन गरेको छाउनीस्थित वीरेन्द्र अस्पताल, त्यहाँ सेवारत् चिकित्सक र स्वास्थ्यकर्मीको हौसला बढाउन तथा उपचार गराइरहेका बिरामीको अवस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी लिएका छन् । 

 

२०७५ माघ २३ गते अपराह्न उक्त अस्पतालको निरीक्षण गरेर त्यहाँ उपलब्ध सेवासुविधा, अस्पतालको सामथ्र्यलगायत विषयमा  प्रधानमन्त्री ओलीले जानकारी लिएका हुन्। 

 

प्रधानमन्त्रीले उक्त अस्पतालको सेवामा सुधार गर्न निर्देशन दिनाका साथै अति विशिष्ट कक्ष, आकस्मिक सेवा, हेमोडाइलसिस इकाईको निरीक्षण गरेका थिए  ।

 

प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापा, स्वास्थ्य सचिव, निमित्त रक्षा सचिव लगायतले अस्पतालको निरीक्षण गरेका थिए।  
––– 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal