२०७५-११-५ , आइतबार


धर्मको पालना 

सिकन्दर र दुश्मन सेनाबीच घमसान युद्ध भइरहेको थियो । युद्धमा अनगिन्ती सेनाको मृत्यु भएको थियो । युद्धक्षेत्रमा सिकन्दरका दुश्मन सेनाको एक सिपाही मरणासन्न स्थितिमा पानीको लागि तड्पिरहेको थियो । सिकन्दरले त्यो हाल देखेर उनी स्वयं दुश्मन सेनाको सिपाहीलाई पानी पिलाउन पुगे । उसको ज्यान बच्यो । सिकन्दरका सेनानायकलाई यो कुरा चित्त बुझेन, राम्रो पनि लागेन ।

 

उनी सिकन्दरलाई भन्न थाले– तपाईंले त्यसको गर्धन काटेर आफ्नो धर्म निभाउनुपर्ने थियो, तर तपाईंले त पानी खुवाएर जीवनदान दिनुभयो । युद्धको मैदानमा दुश्मनको नाश गर्नु नै सैनिकको कर्तव्य हो । सेनानायकको कुरा सुनेर किसन्दरले जवाफ दिए–‘मरिरहेको मान्छेलाई पानी खुवाउनु हरमानिसको धर्म हो र धर्म पालनामा मित्र या शत्रुबीच भेदभाव हुनुहुँदैन । पानी खुवाएर मैले मानवधर्मको निर्वाह गरेको छु । याद गर, हामी सैनिकभन्दा पहिला मानिस हौं ।’ सिकन्दरको कुरा सुनेर सेनानायक लज्जित भए ।
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal