२०७५-११-५ , आइतबार


शरीरबाट गन्ध आएपछि जहाजबाटै आउट 

शरीरबाट गन्ध आएको भन्दै अमेरिकी एयरलाइन्सको विमानबाट तीनजना यात्रीलाई उतारिदिएको छ । अन्य यात्रुहरूले क्रु मेम्बरसँग गुनासो गरेपछि उनीहरूलाई विमानबाट उतारिएको बताइएको छ । खबरका अनुसार, योसी एडलर र उनकी श्रीमती जेनी र १९ बर्षीय छोरी मियामीबाट छुट्टी मनाएर फर्किंदै थिए । उनीहरूलाई जहाजबाट इमरजेन्सी कारण देखाउँदै विमानबाट उतारिएको थियो । उनीहरू त्यसपछि एयरपोर्टमा विचल्ली भएको भिडियो सार्वजनिक भएको थियो । एयरलाइन्सको यो कदमबाट उनीहरू खुसी थिएनन् ।

 

उनीहरूले आफूहरू यहुदी भएका कारण यसरी झारिएको बयान दिएका छन् । तर, एयरलाइन्सले ती यात्रुबाट गन्ध आएर अन्य यात्री परेशानीमा परेपछि यस्तो कदम चालेको बउल्लेख गरेको छ । एयरलाइन्सको तर्फबाट होटल र खानको सुविधा दिइएको पनि एयरलाइन्सले उल्ल्ेख गरेको छ । उनीहरूलाई अर्काे दिन टिकट बुक गरी पठाइएको छ । 
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal