२०७६-१-५ , बिहीबार


एचडीमा एनटीभी   : ऐन विपरीत खरिद ढाकछोप गर्ने दुष्प्रयास

साँघुन्यूज डटकम सम्बाददाता

काठमाडौ । नेपाल  टेलिभिजन  सार्वजनिक ऐन र नियमावली विपरीत  संस्थालाई पुन वार्षिक  चार करोड नोक्सान पार्नेगरी स्याटालाइट खरिद गर्ने तयारी भएको खबर छ । अहिले निजी क्षेत्रका  टेलिभिजनहरु  पनि एचडीमा गएका छन् उनीहरुले त्यसका लागि स्याटालाइटको मूल्य प्रति मेघाहर्ज २ हजार यूएस डलरभन्दा बढी तिरेका छैनन किनकि यतिखेर स्याटालाइटको मूल्य धेरै घटेको छ ।

 

मूल्य घटेकै कारण प्रतिस्पर्धाबाट स्याटालाईट खरिद गर्नुपर्ने र सरकारी संस्थालाई करोडौ घाटा हुनबाट जोगाउन संचालक समितिका सदस्यदेखि टेलिभिजनकै अधिकांश जिम्मेवार अधिकारीहरुले निरन्तर आवाज उठाइरहेका छन्, तर नेपाल टेलिभिजनको नेतृत्वले त्यसलाई पटक्कै वास्ता नगरेको गुनासो ब्यापक छ । 


नेपाल टेलिभिजन तामझामका साथ ३४ औं बार्षिकोत्सबका सन्दर्भमा एचडीमा गएकोमा संचालक समितिका सदस्य टंक पन्तले आफ्नो फेसबुक वालमा लेखेका छन, ‘‘एचडीमा जान ढिला भैसक्यो भनेर मैले बिगत दुई वर्षदेखि संचालक समितिमा राख्दै आएको थिए“ र ढिलै भएपनि टेलिभिजन एचडीमा गएको छ यो सबैका लागि खुसीको कुरा हो ।

 

निश्चय नै स्याटालाइटको बजार भाउ घटेकोले सोही बमोजिम घटाउन  घटाउनुपर्छ अन्यथा हाल भएको मेघाहर्जबाटै एचडीमा जानुपर्छ र अन्य प्रक्रिया  प्रारंभ गर्नुपर्छ । स्याटालाइटको बारेमा   सम्झौता गर्नु अघि अधिकतम् संस्थाको हितमामा निर्णय र सम्झौता  गर्ने तर्फ आफूहरु क्रियाशील भएको  एवं निर्णय नहुञ्जेल बहस हुन्छ र निर्णय भएपछि सबैको निर्णय हुन्छ त्यसैले कोही आंत्तिनु  हुँदैन’’ भनी एनटीभी बोर्डका अनुभवी सदस्य टंक पन्तले आफ्नो फेसबुक वालमा लेखेका छन् । 

 


टेलिभिजनको वार्षिकोत्सबका दिन महाप्रबन्धक गोबिन्द रोक्काले स्वागत मन्तब्य राख्ने क्रममा टेलिभिजनको हितमा स्याटेलाइटको बजार मूल्य अनुसार जान सबै पक्षबाट भएको पहल र मिडियामा आएको कुरालाई धज्जी उडाउने र सार्वजनिक खरिद ऐन मिचिएको कुरा प्रधानमन्त्री र संचार मन्त्रीकै अगाडि ढाकछोप गर्ने दुष्प्रयास गरे । संस्थाको तर्फबाट लिखितरुपमा स्वागत मन्तब्य राख्दा रोक्काले  एचडीमा जानबाट रोक्न खोज्ने र मिडियाबाजी गर्नेहरुलाई धुलो चटाउने काम गरेको भनेर बडो गौरव गरे । 


 नेपाल टेलिभिजनबाट लाइभ भैरहेको कार्यक्रममा प्रधानमन्त्रीका सामु जीएम रोक्काले  ऐन नियमलाई धुलो चटाएर अगाडि बढेको कुरालाई  छायाँ मा पार्न सकिन्छ कि भनेर संस्थाको हितमा भैरहेको बहसलाई धुलो चटाउने भनेर कमिशनको आवाजलाई छताछुल्ल पारेका छन् ।  

 

त्यति मात्र कहाँ  हो र गत बर्ष  कानूनी प्रक्रिया नपुगेको कारण  समानहरु खरिद गर्ने टेण्डरलाई  कानूनी प्रक्रिया पु¥याएर ल्याउन संचालक समितिले ब्यवस्थापनलाई निर्देशन दिएको कुरालाई रोक्काले एक्कासी आएको ठूलो असिना पानीले ध्वंस गरेको जस्ता आफैले गरेको निर्णयमाथि प्रहार गरे । यसको अर्थ अहिले करोडौंको स्याटालाईट बिना प्रतिष्पर्धा सार्वजनिक खरिद ऐन विपरीत गए जस्तै  गत बर्ष करोडौंको सामान खरिद गर्दा बिना कानूनी प्रक्रिया जान खोजेका रहेछन भन्ने प्रष्ट हुन्छ ।


यति मात्र कहाँ  हो र जब  टेलिभिजनका बेथिती र अनियमित कामका बारेमा दैनिक अखबार र अनलाइनहरुमा बाहिर आउन थालेपछि उनीहरुलाई बुझो लगाउन संस्थानको नेतृत्वले दैनिक अखबारहरुमा ज्याकेट विज्ञापन छपाउने काम ग¥यो । कमिसनको बाँडफाँड़ र कुरा मिलाउन टेलिभिजभित्रका र अन्य सरकारी संस्थामा काम गर्ने जिम्मेबार ब्यक्तिहरु पनि मिडियटर भएर लागेको बुझिएको छ । 


 सरकारी कार्यक्रममा मादकपदार्थ, कक्टेल भोज,  रक्सी बन्देज गर्ने भनी प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन जारी गरेको भएतापनि टेलिभिजन एचडीमा गएको भन्दै वार्षिकोत्सबको भोलिपल्ट २०७५ माघ १८ गते हिमालय होटलमा जाँड रक्सीको छेलोखेलो नै  थियो । कतिपय त होटेलमै ढलेर जताततै फोहोर गरेपछि उनीहरुलाई  होटेलले  घर पु¥याउन बाध्य भएकोपत्रकारहरु बताउछन् ।

 

साथै टेलिभिजनले आमन्त्रण गरेका मानिस करीब ४ सय रहेका थिए तर आमन्त्रितहरुको उपस्थिति भने  २ सय पनि नभएको स्रोत बताउछ । खानाको अर्डर अनुसार आमन्त्रित नआएपछि संस्थालाई ठूलो नोक्सान त्यसबाट पनि भएको बताइन्छ । 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal