२०७५-११-५ , आइतबार


फेबु्अरी महिना यी ७ राशिका लागि लाभदायक

साँघुन्यूज डटकम संवाददाता


काठमाडौं, १८ माघ : महिनाको आरम्भमा सूर्य मकर राशिमा रहेको छ । १५ तारिकमा सूर्य कुम्भ राशिमा जान्छ । यो महिना सबै राशिका व्यक्तिहरुका लागि मिल्दोजुल्दो रहेको छ । 

 

मेष राशि

 

Related image

 

व्यवसायमा सफलता मिल्छ । घर निर्माणको काममा व्यस्त भइन्छ । कुनै विवादमा पर्न सकिन्छ । आफ्नो बोलीमा संयममाता राख्न जरुरी छ । कुनै मित्रको सहयोगमा वित्तिय विवादको हल हुनेछ । धन लाभको योग रहेको छ । परिवासँग कतै यात्राको योजना बन्न सक्छ । राजनीतिमा सफलता मिल्नेछ । स्वास्थ्यमा पहिलेभन्दा सुधार हुनेछ । बगिरहेको नदीमा प्रत्येक बुधबार नारिवल प्रवाहित गर्नुस् र हनुमानजीको पूजा गर्नुस् । रातो र पहेँलो रंग शुभ रहनेछ । 

 

वृष राशि

 

Related image

 

यो महिना लाभ प्राप्तिको योग रहेको छ । विरोधीहरु परास्त हुनेछन् । शिक्षा क्षेत्र तथा प्रतियोगितामा सफलता प्राप्त हुनसक्छ । सन्तानको सफलताले मन प्रसन्न रहनेछ । प्रशासनिक अधिकारीहरुका लागि शुभ महिना रहेको छ । प्रत्येक शुक्रबार श्री सूक्तको पाठ र हनुमानजीको पूजा गर्नुस् । हरियो रंग शुभ हुन्छ । 

 

मिथुन राशि

 

Related image

 

यो महिनामा विशेषगरि छात्रहरु लाभान्वित हुनेछन् । धेरै कामका बोझ रहनेछ । कठिन परिश्रमपछि सफलता प्राप्त हुनेछ । व्यवसायमा नविन अवसर प्राप्त हुनेछ । व्यवसायसम्बन्धी यात्रा हुनेछ । कुनै धार्मिक अनुष्ठानमा सहभागि हुने अवसर मिल्नेछ । स्वास्थ्य सम्बन्धी समस्या हुनसक्छ । हनुमानचालिसा पाठ गर्नुस् र अन्नदान गर्नुस् । हरियो रंग प्रिय हुन्छ । 

 

कर्कट राशि

 

Related image

 

अध्यात्म र धर्मको प्रभावले मनलाई आनन्दित गराउनेछ । शिक्षा तथा प्रतियोगिताको क्षेत्रमा छात्रहरुलाई सफलता मिल्नेछ । धनको आगमन र व्यवसायमा प्रगति हुन्छ । यो महिना धेरै व्यस्तता बढ्नेछ । राजनीतिमा चलिरहेको प्रयास सार्थक हुनसक्छ । हनुमानको उपासना र कम्बल दान गर्नुस् । हरियो रंग शुभ हुन्छ । 

 

सिंह राशि

 

Related image

 

यो राशिलाई यो महिना सफलताको योग रहेको छ । विशेषगरि छात्रहरुले पहेँलो रंगको प्रयोग गर्नुपर्छ । धनको आगमन हुनसक्छ । धार्मिक यात्राको सम्भावना रहेको छ । राजनीतिमा उच्च तहका नेताबाट लाभ प्राप्तिको योग रहेको छ । प्रत्येक आइतबार आदित्यहृदय स्तोत्र ३ पटक पाठ गर्नुस् । श्वाससम्बन्धी रोगबाट बच्नुस् र सुन्तला रंग उत्तम हुन्छ । 

 

कन्या राशि  

 

Related image

 

यो महिना व्यवसायमा संघर्ष गर्नुपर्ने देखिन्छ । नोकरीमा सफलता मिल्नेछ । सवारीको प्रयोग सावधानीपूर्वक गर्नुपर्ने हुन्छ । यो महिना कठिन परिश्रम गर्नुपर्ने हुन्छ । धनको व्यय केही ज्यादा मात्रामा हुनेछ । प्रत्येक शनिवार बगेको नदीमा नरिवल प्रवाहित गर्नुस् र सुन्दरकाण्ड पाठ गर्नुस् । कम्बल दान गर्नुस् र नीलो रंग शुभ छ । 

 

तुला राशि  

 

Related image

 

राजनीतिमा सफलता मिल्दा धनको व्ययले मुश्किलको सामना गर्नुपर्ने छ । नोकरीमा प्रगति हुनेछ । परिवारसँग धार्मिक यात्राको योग रहेको छ । अविवाहितका लागि सम्बन्धहरु आउनेछन् । लेखन, पत्रकारिता तथा फिल्मसँग जोडिएकाका लागि लाभ रहेको छ । प्रत्येक दिन श्री सूक्त पाठ गर्नुस् र सेतो रंग शुभ रहेको छ । 

 

वृश्चिक राशि  

 

Related image

 

धेरै अघिदेखि चलिआएको विवादको समाधान हुनसक्छ । कुनै रोकिएको काम बन्न सक्छ । शिक्षा तथा प्रतियोगिताको क्षेत्रमा चलिरहेको प्रयास सफल रहनेछ । बोलीमा संयमता राख्नुपर्ने देखिन्छ । प्रत्येक मंगलबार मसुरको दाल र गुडको दान गर्नुस् । हनुमान चालीसा पाठ गर्नुस् र पहेँलो रंग शुभ रहेको छ । 

 

धनु राशि  

 

Related image

 

आफ्नो सिर्जनशीलताले सामाजिक प्रतिष्ठा दिलाउनेछ । फिल्म तथा पत्रकारिता क्षेत्रसँग जोडिएका व्यक्तिको लागि सफलताको योग रहेको छ । स्वास्थ्यले सताउनेछ । शनि ग्रहसँग सम्बन्धित तिल, तेल वा कालो वस्त्रको दान गर्नुस् । प्रत्येक शनिवार सुन्दरकाण्ड पाठ र भगवान कृष्णको उपासना गर्नुस् । गरिबमा कम्बल दान गर्नुस् र सुन्तला रंग शुभ रहेको छ । 

 

मकर राशि  

 

Image result for capricorn horoscope

 

छात्रहरुलाई यो महिना सुन्दर अवसर प्राप्त हुनेछ । मित्रको सहयोगले अधुरा काम बन्नेछ । धनको प्राप्ती भएपनि त्यसको अनुपातमा व्यय पनि हुनेछ । स्वास्थ्यप्रति सजग रहनुस् । पेटसम्बन्धी समस्याले सताउला । प्रत्येक सोमबार भगवान शिवको जलाभिषेक गर्नुस् र सेतो रंग शुभ रहेको छ । 

 

कुम्भ राशि  

 

Related image

 

व्यवसायलाई नयाँ दिशा दिने सार्थक प्रयास रहनेछ । धनको आगमन हुँदा स्वास्थ्यले सताउनेछ । श्वास तथ मधुमेहको समस्या पनि निम्तिन सक्छ । लेखन तथा पत्रकारिता क्षेत्रमा रहेकाहरुका लागि लाभको योग रहेको छ । शासन तथा प्रशासनको सहयोग प्राप्त हुनेछ । प्रत्येक शनिवार शनिको बीज मन्त्रको जप र गरिबहरुलाई कम्बल वितरण गर्नुस् र नीलो र हरियो रंग शुभ रहेको छ । 

 

मीन राशि  

 

Related image

 

यो महिना मीन राशिका लागि प्रगतिको योग रहेको छ । व्यवसायमा रोकिएको काभम पूर्ण हुनेछ । पेटसम्बन्धी बिकासले सताउनेछ । प्रशासनिक क्षेत्रका अधिकारीहरुले लाभ लिनेछन् । धनको व्यय हुनेछ । प्रत्येक विहीबार विष्णु मन्दिर जानुस् । अन्न दान गर्नुस् र सेतो र पहेँलो रंग शुभ रहेको छ ।  
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal