२०७६-१-७ , शनिबार


अल्कोहल प्वाइजनिङबाट मुक्त हुन बियर ?

 चिकित्सकले अल्कोहलको प्वाइजनिङले विरामी परेको एकजना व्यक्तिमाथि १५ केन अर्थात् ५ लिटर वियर स्लाइन चढाए जस्तै चढाएका छन् । भियतनाममा यस्तो चिकित्सकले उपचारको यस्तो उपाय अपनाएका हुन् । एकजना व्यक्तिमाथि अल्कोहलको प्वाइजनिङ भएपछि समस्या लिएर चिकित्सककोमा पुगेका थिए ।

 

चिकित्सकले नामगुयेन वन नाम गरेका ४८ बर्षीय व्यक्तिमाथि औषधिको रुपमा ५ लिटर वियर चढाएका थिए । खबरका अनुसार, नामगुयेनको शरीरमा मिथेनोलको मात्रा सामान्यभन्दा १११९ गुणा बढी देखाएपछि मिथेनोलले मृगौलामा गर्ने प्रतिक्रिया कम गर्न सुरुमा एक लिटर वियर चढाइएको थियो । यसरी काम गर्न थालेपछि प्रत्येक घण्टामा चिकित्सकले एक केन वियर पेटमा पठाएका थिए । यसरी १५ केन वियर पुग्दा ती व्यक्तिको होस् खुलेको थियो । 

 


रक्सी मिथेनोल र इथेनल गरी दुई वर्गमा निर्माण हुन्छ । चिकित्सकका अनुसार यदि नियमित अल्कोहल पिउने व्यक्तिले रक्सी पिउन छाड्छ भने उसको पेटबाट रगतमा अल्कोहल जान थाल्छ । यसका कारण अल्कोहलको मात्रा एकदमै बढ्न जान्छ । शरीरमा मिथेनोल अक्सीडाइज भएर फर्मलडिहाइड बन्छ र शरीरमा अधिक मात्रामा अम्ल निर्माण भई मानिस बेहोस् हुन थाल्छ । यस्तै भएको थियो नामगुयेनको प्रसंगमा । नामगुयेनलाई अहिले अस्पतालबाट डिस्चार्ज गरिएको छ र उनी घरमा आराम गरिरहेका छन् । 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal