२०७६-१-७ , शनिबार


पहाडबाट खसिन् विकीनी हाइकर 

विकिनी लगाएर चिसो पहाडमा टे«किङ गर्ने एक चर्चित ताइवानी गिगी वू को मृत्यु भएको छ । चिसो पहाडहरूमा चढेर विकिनीमा सेल्फी पोष्ट गर्ने चर्चित हाइकर गिगीको ६५ फिट तल गहिरोमा खसेर मत्यु भएको हो । उनको लास ताइवानको नेशनल पार्कमा फेला परेको छ । यसपटक ३६ बर्षीया गिगी एक्लै ताइवानको युशान पहाडमा २५ दिनका लागि ट्रेकिङ अभियानमा निस्केकी थिइन ।

 

उनी जनवरी ११ मा एक्लै पहाडतर्फ गएकी थिइन र यस घटनाको शिकार बनेकी थिइन । खबरका अनुसार, उनी पहाडबाट खसेर गम्भीर घाइते भएकी थिइन । जनवरी १९ मा उनले स्याटेलाइट फोनबाट आफ्ना साथीहरूलाई फोन समेत गरेकी थिइन र मद्दत मागेकी थिइन । आफूलाई चोट लागेको र आफू हिड्न नसक्ने भएको भन्दै मद्दतको गुहार मागेकी थिइन । सुरक्षाकर्मीहरूले उनलाई सम्पर्क गरेतापनि खराब मौसमका कारण समयमै उनलाई मद्दत गर्न सकिएको थिएन ।

हवाई सुरक्षाकर्मीले हेलिकोप्टर पठाइएपनि ल्याण्ड हुन नसकेका कारण फर्किएको थियो । ३ पटकसम्म हेलिकोप्टर ल्याण्ड हुन सकेन । अन्ततः सुरक्षाकर्मी २८ घण्टापछि गिगी भएको दुघर्टनास्थलमा पुगेका थिए । सुरक्षाकर्मी पुग्दा अत्याधिक चिसो भएको उक्त ठाउँमा हाइपोथर्मियाका कारण गिगीको मृत्यु भइसकेको थियो । चिसोका कारण उनको लास जमेको थियो ।


 चिसो पहाडमा लिइएको विकनी सेल्फीका कारण गिगी सामाजिक सञ्जालमा लोकप्रिय थिइन । योभन्दा पहिले पनि उनले यस्ता पहाडमा निकै चोटपटक भोगिसकेकी थिइन । तर, यसपटक भने यो घटना अभिशाप सावित बन्यो । (एजेन्सी)


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal